Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कबिता – मेरो कमरेड

लेखक – प्रिय असत्ति

मेरो कमरेड, अर्थात मेरा लाल सिपाहीहरु म तिमीदेखि घृणा गर्छु कारण म गरिब हुँ !

थिचिदा थिचिदा यो देशको ॠणले माथि उठ्नै नसकेको ।

तिम्रा सिद्धान्तका ढर्राहरु सिनित्त पिउँदा तृप्त हुने ठानेको थिए र वस्तीभरी बिचारहरु पोख्दै राता फुलहरु फुलाउने सोचेको थिए

त्यसैले त तिमीसङ्ग म पनि वस्ती-वस्तीमा पोखिएको थिएँ सङ्ग-सङ्गै पोखिएका थिए सभ्य समाज निर्माण गर्न तिमीले थालेको बिद्रोह समग्रतामा वर्ग युद्धको थालनी

आगो बनेर फैलिएको थियो जलजलाको फेदीबाट केही पाउन केहि गुमाउनु पर्छ

द्वन्द्वात्मक भौतिकवादको सर्वव्यपी नियम

आत्मसात गरेका थिए ती आमाहरुले ती बाबाहरुले ती दाजुहरुले ती दिदीहरुले भाउजु अनि बहिनीहरुले शिरमा मृतुको कफन बाँधेर वर्ग बैरीका विरुद्ध खनिएका थिए ।

मेरो कमरेड, तिमी त खुसुक्क पस्यौ सिंहदरबारभित्र सम्झौताको नाममा र खल्तीमा छिपायौ रातो झण्डा खै ! के पाए ती भोका नाङ्गाहरुले ? तिमीलाई थाहा छ समतामूलक समाज निर्माणको लागि प्राणको आहुती दिने महान सहिदहरु खै ! तिनको रगतको मुल्य ?

खोज्यौ तिमीले फुले फुलेनन् बगैंचामा राता फुलहरु भञ्ज्याङ् देउरालीमा चडाएको सहिदको चिनो नाममा हस्तान्तरित सहिद चौतारीहरु खै !

कहाँ गए ? छोरा आउने आसमा आगनको डिल कुरेर बसिरहेकी बुढी आमा जसका च्याउरिएका र मुजा मुजा भएका गालामा कोरिएका बेदनाका रेखाहरु पढ्न सक्यौ तिमीले ? बुझ्न सक्यौ तिमीले ? थुप्रै थुप्रै विधवा आमा, भाउजुका कथाहरू


मेरो कमरेड, तिमी त आलिसान महलमा बिराजमान भएछौ प्राडो पजेरोमा सयर गर्ने भएछौ

साँच्चै साँच्चै कमरेड ! वर्ग बिहिन समाजको निर्माण भएकै हो?

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP