Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुग्यो

केशव ढुंगाना । आज पछिल्लो पटक थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक बाँकेका २७ जना,  बैतडीका ४ जना, सुर्खेतका ३ जना तथा झपा र बर्दियाका एक–एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस अगाडि आज विहान मात्रै सर्लाहीका १३, कपिलवस्तुका ८ जना, रुपन्देहीका ८ जना तथा काठमाडौ, वारा, र चितवनको एक–एक जना गरी जम्मा ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ४० जिल्लाका ५ सय ५ जना पुरूष र ७९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण हाल सम्म नेपालमा ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचार पछि निको भई घर फर्किएका छन् ।

हाल सम्म नेपालमा कूल ४५ हजार ९ सय ९७ जनाको पिसीआर तथा ८६ हजार २ सय ३५ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआर र ४ हजार १ सय १९  जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी देशका विभिन्न स्थानमा ३२ हजार ५ सय ८७ जना क्वारेन्टीनमा रहेका छन् भने ५ सय ८ जना विभिन्न अस्पतालमा रहेको अईसोलेसन वार्डमा रहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP