Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जुम्लामा बन्चरो प्रहारबाट महिलाको हत्या

जुम्ला : जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार प्रारम्भिक जानकारीअनुसार सोही वडाकै श्यामबहादुर बुढाले बन्चरो प्रहार गरी ती महिलाको शुक्रवार १२ः३० बजे हत्या गरिएको छ।

प्रहरीका अनुसार उक्त घटना भएपछि घटनास्थलतिर जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि प्रहरी पठाइएको छ। प्रहरी निरीक्षकका अनुसार बन्चरो प्रहार गरेर हत्या गर्ने व्यक्ति समेतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

उनका अनुसार प्रहरी घटनास्थलमा गएको छ। प्रहरीले यो घटना गम्भीर रूपमा अनुसन्धान अगाडि बढाउनेछ। प्रहरीलाई जानकारी आएअनुसार ती बन्चरो प्रहार गर्ने गरी हत्या गरिएकी महिला गाउकी भाउजू नाता पर्ने भनिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP