Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हिमान्शु शाहीको अर्धशतक मद्दतमा कर्णालीको जित, गण्डकीको दोस्रो हार

२९ पुस, भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो । आफ्नो पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित गण्डकीको यो लगातार दोस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीको सुरुवात नै राम्रो भएन । २२ रन बनाउँदा ५ विकेट गुमाएका भए पनि पुछारका ब्याट्सम्यानले टिकेर ब्याटिङ गरेपछि गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

गण्डकीका लागि कमल परियार र अमृत गुरुङले समान २१ रन बनाए । आठौं नम्बरमा ब्याटिङमा आएका कमलले ४४ बलमा २ चौका प्रहार गरेका हुन् । सातौं नम्बरका ब्याटर अमृतले ५४ बलमा २ चौका नैहानेका थिए ।

छैटौं ब्याटर अश्वानी रानाले १६ रन बनाए । कप्तान विपिन खत्रीले १० रन बनाए । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे । कर्णालीका लागि अनसज चनारा, दिनेश अधिकारी, दिपेन्द्र रावतले समान २/२ विकेट लिए । प्रकाश जैशी, दिवान पुन र रविन्द्र रावतले १/१ विकेट लिए ।

१२३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कर्णालीका लागि ५३ रन बनाएका हिमान्शुले ७१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ओपनर रविन्द्र शाहीले २० रन बनाए । ओपनर निश्चल रावल २९ र अर्जुन घर्ती १० रनमा अविजित रहे ।

गण्डकीका लागि अंकित न्यौपानेले २ विकेट लिए । कप्तान विपिन खत्रीले १ विकेट लिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP