Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले भुटानलाई ८ विकेटले हरायो

काठमाडौं : एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाललाई भुटानलाई ८ विकेटले पराजित गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो। ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा गर्‍यो।

नेपालका लागि सिता रानामगरले सर्वाधिक ३२ रन बनाएर नटआउट रहिन् भने रुबिना क्षत्री बेलबासे १७ रनमा अविजित रहिन्। ओपनर कविता कुँवर पाँच रन बनाएर आउट हुँदा कप्तान इन्दू बर्मा एक रन बनाउँदै पेभिलियन फर्किइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले पूरै २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्न सकेको हो। उसका लागि नग्वाङ छोडेनले २५, छिरिङ जाङ्मोले १६ तथा डेचेन वाङ्मोले १७ रन जोडे।

नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले एक–एक विकेट लिए।

नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो। नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन्। नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP