Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एसएमएस फ्रेन्डशिप कप : नेपालले गुजरातलाई उपाधि जित्न १७७ रनको लक्ष्य दियो

काठमाडौँ : भारतीय राज्य गुजरातको वापीमा भइरहेको एसएमएस फ्रेन्डशिप कपमा पहिले ब्याटिङ गरेको नेपालले गुजरातलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ।

साई मेघपन स्पोर्ट्स लाइफ खेल मैदानमा पाहुना कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाउँदै गुजरातलाई १७७ रनको लक्ष्य दिएको हो।

यसअघिका खेलको तुलनामा आज पिच स्लो रहेकाले बलरभन्दा पनि ब्याट्सम्यानका लागि सहज देखिएको छ। फाइनलअघिका खेलमा भने पिचले तीव्र गतिका बलरलाई मद्दत गरेको थियो।

नेपाली ओपनरले टोलीलाई राम्रो शुरुवात दिलाउन नसके पनि दोस्रो विकेटमा भने राम्रो साझेदारी गरेका थिए। कुशल भुर्तेलले २१ बलमा १९ रन र आसिफ शेखले ३४ बलमा ३४ रन बनाएर आउट भए।

यसपछि क्रिजमा आएका पाहुना कप्तान रोहित पौडेलले ४७ बल ७४ रन बनाएर आउट भए। दिपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन हानेर आउट भए।

कुशल मल्ल १३ बलमा ३१ रन र सन्दीप जोरा ३ बल खेलेर ७ रनमा अविजित रहे।

गुजरातका लागि जयमित पटेल‚ शेन पटेल‚ तेजस पटेल र झाला युवराजसिंहले १/१ विकेट लिए।

नेपालले आज टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। यसअघिको खेलमा विश्राम गरेका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेख आज प्लेइङ ११ मा फर्किएका छन्।

आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP