Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विश्वको प्रदूषित शहरमध्ये तेस्रोमा पर्‍यो काठमाडौं

काठमाडौं : विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा काठमाडौं तीन नम्बरमा परेको छ।
विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो प्नदूषित शहरमा पुगेको थियो।

यसअघि पनि काठमाडौं विश्वको प्रदूषित शहरको पहिलो सूचीमा पुगेको थियो। यतिखेर विश्वकै प्रदूषित शहरको पहिलो भारतको नयाँदिल्ली रहेको छ भने दोस्रो थाइलाइन्ड रहेको छ। चौथोमा मलेसियाको कोलाम्पुर शहर रहेको छ। पाचौँमा बंगलादेशको राजधानी ढाका रहेको छ।

काठमाडौंमा प्रदूषणका बढ्न थालेसँगै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन्। मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबार वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ।

आइक्यु एअरका अनुसार काठमाडौंको वायुमण्डलमा सोमबार एअर क्वालिटी इन्डेक्स एक्युआई) दुई सय ७२ भन्दा माथि पुगेको छ।

वन तथा वातावरण मन्त्रालयको वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार यतिखेर काठमाडौंको भैँसेपार्टी क्षेत्रमा अत्यधिक प्रदूषण रहेको देखिएको छ।

हाल यस क्षेत्रको एक्यूआई अहिले २७१ रहेको छ। रत्नपार्कको १७२, शंखपार्कको १६८,भक्तपुरको १०८ खुमलटारको १४५ रहेको छ।

वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्। वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP