Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

ध्रुवसागर शर्मा

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्ति, सवारीसाधन र निर्माण उपकरणहरूको मर्मत गर्ने मिस्त्री भएको खुले पनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

टिपर दुर्घटनामा घाइते चालक सहित तीनजनाको चिमखोला स्वास्थ्यचौकीमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको रघुगंगा गाउँपालिका–७ का वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए।

उनले दुर्घटनामा परेका सबै जलविद्युत् आयोजनामा काम गर्नेहरू रहेको र स्थानीय कोही पनि नरहेको जानकारी दिए। दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनीको जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको जनाइएको छ।

दुर्घटनामा परेका घाइतेलाई स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी उपचारका लागि चिमखोला स्वास्थ्यचौकीमा पुर्‍याएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP