Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै

ढुङ्गाखानी र सुटिङ हुने विगतको इतिहास

ललितपुर : गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ।

नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले प्रतिस्पर्धा गर्दैछन्।

नवनिर्मित झ्यालुन्टार खेल मैदानको शुभारम्भ पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गर्दै छन्।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गोदावरीको ए टिमले महालक्ष्मी नगरपालिकासँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्दै छ।

यो खेल प्रतियोगिताको मात्र नभएर झ्यालुन्टार मैदानकै उद्घाटन खेल हो। १ सय ५ मिटर लम्बाई र ५८ मिटर चौडाई रहेको अन्तर्राष्ट्रिय मापदण्डको मैदान हो।
१६ वर्ष अघिसम्म धमाधम ढुङ्गा उत्खनन् गर्ने पूर्णलालको ढुङ्गाखानी यही ठाउँमा संचालित थियो।

यहाँका ढुङ्गा र रोडा उपत्यका र आसपासका क्षेत्रमा पुग्ने गरेका थिए। नेपाली चलचित्रका फाइटका सिनहरु र म्युजिक भिडियोसमेत यहीँ स्थानमा सुटिङ हुने गरेको थियो।

ढुङ्गाखानीले स्थानीयमा पारेको प्रभावका विषयमा ठूलो बहस र आन्दोलन पश्चात अन्ततः पूर्णलालको ढुङ्गाखानी बन्द भएको थियो।

त्यत्तिबेला एक पक्ष ढुङ्गाखानी संचालन गर्नुपर्छ या गर्न दिनुपर्छ भन्नेमा थिए भने अर्को पक्ष यसले स्थानीयमा धेरै असर पारेकाले बन्द गर्नुपर्छ भन्नेमा थिए।

पूर्वबागमती प्रदेशसभा सदस्य चेतनाथ संजेल २०४० सालदेखिकै आन्दोलनबाट अन्ततः २०६६ सालमा खानी बन्द भएको बताउँछन्।

‘खानीको धुलो र प्रदुषणबाट स्थानीयले कति सास्ती पाएका थिए, त्यो अहिले भर्खरै बनेको मैदान वरपरका स्थानीयलाई थाहा होला’ उनले भने, ‘अन्तिममा खानी बन्द गर्ने बेला यति ज्यादती र बल प्रयोग भएको थियो, त्यो स्मरण गर्दा स्थानीयको जिउ सिरिंग हुन्छ।’

२०६६ सालपछि २०७४ सालसम्म बन्द रहेको ढुङ्गाखानी रंगशाला बन्ने भनेर २०७४ सालमा भएको निर्वाचनपछि जुर्मुरायो।

तत्कालीन ललितपुर क्षेत्र नम्बर १ को प्रदेश २ का प्रदेशसभा सदस्य संजेलले यो ढुङ्गाखानीलाई रंगशाला बनाउने प्रस्ताव बाग्मती प्रदेशसभामा लगेका थिए। ‘त्यहाँबाट बजेट निकासा गर्नेदेखि डिपिआर बनाउनेसम्मको काम हामीले गरेका थियौँ’ उनले भने, ‘पछि गोदावरी नगरपालिकासँग मिलेर रंगशाला बनाउने कामको शुभारम्भ भएको हो।’

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने अवसर सिर्जना गर्न र नवनिर्मित गोदावरीको खेल मैदानलाई सबैतीर चीनाउन यो प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगिताको अनुमानित लागत ४८ लाख रुपियाँ लाग्ने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको नगर प्रमुख मर्हजनले जानकारी दिए।

वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले प्रतियोगिता संचालनले स्थानीय मैदानको प्रचारमा अहम भूमिका खेल्ने बताए।

प्रतियोगितामा काठमाडौं जिल्लाको ८ स्थानीय तहको ८ टिम तथा ललितपुर जिल्लाको ५ स्थानीय तहको ६ टिम रहेका छन्। यसैगरी भक्तपुर जिल्लाको एक स्थानीय तहबाट १ टिम गरी १५ टिमको सहभागिता रहेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा काठमाडौंका काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाले भाग लिएका छन् ।

१० नगरपालिका र १ महानगर रहेको काठमाडौंबाट गोर्कणेश्वर, कागेश्वरी–मनोहरा र शंकरापुर नगरपालिकाले सहभागीता जनाएका छैनन्।

ललितपुर जिल्लामा रहेका ६ स्थानीय तहमा महाङ्काल गाउँपालिकाले प्रतियोगितामा सहभागीता जनाएको छैन भने आयोजक गोदावरीसहित ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, बाग्मती गाउँपालिका र कोन्ज्योसोम सहभागी छन् ।

आयोजक गोदावरी नगरपालिकाको ए र बि गरी २ वटा टिम रहेको छ। भक्तपुरमा रहेका ४ नगरपालिकामध्ये मध्यपुर ठिमी नगरपालिकाले मात्र सहभागिता जनाएको छ। भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका र सूर्य विनायक नगरपालिका यो प्रतियोगितामा सहभागी छैनन्।

१५ वटा मात्र टिम भएकाले एउटा पूलमा ७ वटा र अर्कोमा ८ वटा राखिएको छ। पुल ए बाट दक्षिणकाली नगरपालिकाले बाई पाएर सोझै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।

उनका अनुसार अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP