Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ढुंगा प्रहार गरी एकजनाको हत्या

कञ्चनपुर : कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा हिजो सेवा निवृत्त शिक्षक ६५ वर्षीय लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या भएको हो।

हत्याको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरेको छ। भण्डारीले विवाद गरि चन्दलाई मुख, टाउकोमा ढुङ्गाले हानेर हत्या गरेका हुन्। उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बेलौरी बजारदेखि घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घर नजिकै भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। घटना लगत्तै घाइते भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

शिक्षक चन्दले बेलौरीको महाकाली माविमा लामो समय शिक्षण गरेका थिए। घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP