Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पोखराको होटल सरोवर र किङस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौँ : पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई विशेष छुट दिने सम्झौता भएको छ।

जेठ ८ गते होटल सरोवरका तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङस लाउन्ज पोखराका तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेश प्रमुख राजु राना मगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतानुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन‚ सभाहल‚ पौडी र किङस लाउन्जमा खाना, खाजा‚ मनोरञ्जन सुविधामा विशेष छुट पाउनेछन्। प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै पाउनेछन्।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि संलग्न प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटल सरोवरले पोखराको लेकसाइडमा एकै छानामुनि अत्याधुनिक सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। किङस लाउन्ज पोखरा युवा तथा संगीतप्रेमी लक्षित होटल तथा रेष्टुराँको रूपमा चर्चित छ।

‘विश्वास लिन्छौं विश्वास दिन्छौं’ मूल नारा रहेको प्रभु बैंक अग्रणी बैंकका रूपमा रहेको छ। प्रभु बैंक ‘बैंक अफ द इयर २०२३’ उपाधिबाट सम्मानित छ। बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनीष श्रीवास्तव तथा किङस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायत उपस्थित थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP