काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष आज सार्वजनिक गर्दै नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्नेछन्।
स्रोत अभावका बाबजुद सरकारले आन्तरिक र बाह्य ऋणको आकार बढाउँदै २५ प्रतिशतले राजस्व वृद्धि लक्ष्य राखेर १९ खर्बको बजेट ल्याउने सरकारको तयारी छ। यो पटक बजेटमा स्रोत सुनिश्चितता नभए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबले गर्दा १९ खर्बको हाराहारीमा बजेट ल्याउने सरकारको योजना छ।
राष्ट्रिय योजना आयोगले संघीय स्वास्थ्य मन्त्रालयलाई ५२ अर्ब ५२ करोड ८ लाख रुपैयाँको सीमाभित्र रहेर आगामी आर्थिक वर्षका लागि कार्यक्रम बनाउन सिलिङ तोकेर यसअघि नै पठाइसकेको छ।
जसअनुसार चालूतर्फ ४१ अर्ब ५२ करोड ८ लाख र पुँजीगततर्फ ११ अर्ब रुपैयाँको बजेट सिलिङ छ। जसमा सरकारको ३८ अर्ब ७६ करोड ८ लाख रुपैयाँ, वैदेशिक अनुदानतर्फ ६ अर्ब २० करोड र वैदेशिक ऋणतर्फ ७ अर्ब ५६ करोड रुपैयाँको सिलिङ रहेको छ। तर बजेट बनाउने क्रममा तोकिएको सिलिङमा केही हेरफेर हुने अनुमान गरिएको छ।
चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४९ अर्ब ८० करोड ५४ लाखको बजेट पाएको थियो।
चालू आर्थिक वर्षभन्दा आगामी आवका लागि जम्मा ५ प्रतिशत बढी बजेट सिलिङ पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुरानै कार्यक्रम पूरा गर्ने गरी आगामी वर्षको कार्यक्रम बनाइरहेको छ।
विश्व स्वास्थ्य संगठनले हरेक देशको कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको हुनुपर्ने बताउँदै आएको छ तर नेपालमा हालसम्म स्वास्थ्य क्षेत्रको बजेट कुल बजेटको १० प्रतिशत पनि पुग्न सकेको छैन।
कोभिड महामारीको समयमा समेत नेपालमा स्वास्थ्य क्षेत्रको बजेटको आकार केही बढे पनि कुल १० प्रतिशत पुग्न सकेको थिएन। तीन वर्षअघि कोभिड-१९ को खोप खरिद तथा कोभिड नियन्त्रणका कारण स्वास्थ्य मन्त्रालयले १ खर्बभन्दा बढीको बजेट पाएको थियो।
स्वास्थ्यका अधिकारीहरूले बजेट सिलिङ खासै नबढेको कारण आगामी आर्थिक वर्षमा नयाँ कार्यक्रम नआउने बताएका छन्। जसले गर्दा कर्मचारीको तलबभत्ता, त्यसबाहेक नियमित कार्यक्रम खोप, परिवार नियोजनसम्बन्धी, कडा रोगका उपचारमा अनुदान सहयोग लगायतका कार्यक्रम, बनिरहेका आधारभूत अस्पताल, बनाइने भनेका सरुवा रोग अस्पताल तथा ट्रमा सेन्टर निर्माणका विषय पनि निरन्ततामा पर्ने अनुमान छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया