Trending
flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ

मन्त्री अर्यालद्वारा जनकपुरमा श्रमाधान रोजगार मेला उद्घाटन

जनकपुरधाम : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जनकपुरधाममा शनिवार श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका छन्।

मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको बताएका छन्।

‘यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने।

मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा अघि सारेको समेत बताए। धेरैभन्दा धेरै युवालाई आफ्ना उद्योगमा रोजगारी दिन मधेशका उद्योगीहरूलाई आग्रह गरे। नेपालबाट भारत जाने श्रमिकहरूको तथ्याङ्क सङ्कलन सरकारले गरिरहेको मन्त्री अर्यालले जानकारी गराए।

रोजगारी सम्बन्धी केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कल सेन्टरमा समेत गुनासो राख्न मन्त्री अर्यालले आग्रह गरे।

त्यसैगरी मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले यो मेलाले श्रम क्षेत्रका समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। मेलाबाट बढीभन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने विश्वास रहेको बताइन्।

वैदेशिक रोजगारीमा जानेका लागि, देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि यो मेलामा धेरै कुरा सिक्ने अवसर राखिएको समेत बताइन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने बताए। श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने समेत बताए।

आज शुरु गरिएको यो मेला भोलिसम्म चल्नेछ। मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्था लगायत ३५ भन्दा बढी स्टल राखिएका छन्।

कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP