Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ

 

१ भदौ ।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले हवाई फायर गरेर भाग्न खोजेका दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध बिक्री-वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सुखेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका-६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागुऔषध अफिम चोप कारोबार गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भागेका थिए । भाग्ने क्रममा प्रहरीले रोक्नका लागि चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका-१ ठेगाना भएका ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका-६ ठेगाना भएका ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन् ।

उनीहरूको साथबाट १४ किलो ७६० ग्राम लागुऔषध अफिम चोप र दुई थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP