Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ

कृष्णनगर, १७ साउन ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, काठमाडौं तथा युनिसेफ (UNICEF) को संयुक्त अनुगमन टोलीले शिवराज अस्पतालमा सञ्चालन हुन लागेको समग्र आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा (CEONC) तथा अत्यावश्यक नवजात शिशु स्याहार इकाइ (ENCU) सम्बन्धी स्वीकृति, सञ्चालन र व्यवस्थापनका विषयमा स्थलगत अनुगमन सम्पन्न गरेको छ ।

अनुगमनका क्रममा टोलीले अस्पतालबाट हाल प्रदान हुँदै आएका मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको प्रशंसा गर्दै आगामी दिनमा सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

टोलीले CEONC सेवा (अपरेशन थिएटर सहित) को स्वीकृति, सञ्चालन तथा प्रभावकारी व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने डा. दुर्गेश चाैधरीले जानकारी दिए । साथै ENCU सेवा सञ्चालन तथा सुदृढीकरणका लागि आवश्यक उपकरण, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैगरी सुरक्षित मातृत्व कार्यक्रमलाई थप प्रभावकारी बनाउन निःशुल्क एम्बुलेन्स सेवा तथा ग्रामीण अल्ट्रासाउन्ड (Rural USG) सेवा सञ्चालनका लागि आवश्यक बजेट र प्राविधिक सहयोगमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

संयुक्त अनुगमन टोलीले मातृ तथा नवजात शिशुलाई गुणस्तरीय, सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक समन्वय, सहकार्य तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालले समेत उक्त सहयोगले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP