कृष्णनगर, ३० साउन ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ झण्डेनगरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, ३ बुङ तास र विभिन्न कम्पनीका १४ थान मोबाइल बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले कृष्णनगर-३ स्थित विनोद रावतको एकतले पक्की घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका-३ का २६ वर्षीय प्रभुनाथ पासी, सुद्धोधन गाउँपालिका-१ का ३२ वर्षीय सुरेन्द्र मल्लाह, कपिलवस्तु कृष्णनगर नगरपालिका-३ का ३२ वर्षीय विनोद एला, रुपन्देही सुद्धोधन-४ का ३४ वर्षीय सागर काफ्ले र ५१ वर्षीय अशोककुमार घिमिरे रहेका छन् ।
त्यस्तै, सुद्धोधन-१ का ४५ वर्षीय रामेश्वर थारु र ३७ वर्षीय रामु सहानी, गैडहवा-३ का ३३ वर्षीय अब्दुल रहिम र ४५ वर्षीय श्रीराम यादव, कपिलवस्तु नगरपालिका-७ का २० वर्षीय लवकुश गिरी, कृष्णनगर-३ का ४५ वर्षीय लक्ष्मीप्रसाद जैसवाल, गैडहवा-८ का ३० वर्षीय जगन्नाथ लोध, लुम्बिनी सांस्कृतिक नगरपालिका-११ का ४१ वर्षीय अस्लम मुसलमान तथा दाङ लमही नगरपालिका-५ का ३९ वर्षीय राजु भन्ने हेमराज ज्ञवाली र ५० वर्षीय विमल डाँगी पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुमा बुझाइएको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया