Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बजेटमा ‘जनयुद्ध’ शब्द राख्‍नै परेको थिएन : गोकुल बास्कोटा

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा ‘जनयुद्ध’ शब्द राखिएकोप्रति सत्तासाझेदार नेकपा एमालेले आपत्ति जनाएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै एमाले सांसद गोकुल बास्कोटाले जनयुद्ध शब्दावलीप्रति आपत्ति जनाएका हुन्।

संविधानमा उल्लेख नभएको र सर्वोच्च अदालतले पनि जनयुद्ध नभनेको अवस्थामा बजेटमा जनयुद्ध शब्द राख्दा एकपक्षीय जस्तो देखिएको बास्कोटाले बताए।

‘अलिकति देशको लोकतान्त्रिक, गणतान्त्रिक र देशभक्ति आन्दोलनमा योगदान गर्ने सन्दर्भहरूको पनि चर्चा गर्दा हुन्थ्यो। तर संविधानमा पनि उल्लेख नभएको, सर्वोच्च पनि त्यसो नगरौँ भनेको कुरालाई हेर्दा शब्द चयनमा ध्यान दिइएको भए हुन्थ्यो’, उनले भने, ‘जनयुद्ध भन्ने कुराले अलिकति एकपक्षीयता जस्तो, कोलिशन पार्टनरहरूको पनि कुरा हुन्छ।’

यद्यपि, सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्ने कुरामा सधैँ सहयोग र समर्थन रहने नेता बास्कोटाले बताए। ‘यो सत्य हो सशस्त्र द्वन्द्व पनि हो। यसलाई व्यवस्थापन गर्ने कुरा पनि गरिएको छ। त्यसमा सहयोग र समर्थन पनि छ। शान्ति प्रक्रियाका काम बाँकी छ। बजेट पनि छुट्याइँदै आइएको छ’, उनले कटाक्ष गरे, ‘यो शब्दावली चयनप्रति मेरो आलोचना नै रह्यो।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP