Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अमेरिका, फ्रान्स पठाइदिने भन्दै १५ करोड ठग्ने चारजना पक्राउ

काठमाडौँ : अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो।

३ सय जनाभन्दा बढी मानिससँग अमेरिका‚ कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

उनले पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षे नविन विक र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई पक्राउ गरिएको बताए।

उनले अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको बताए।

उनले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई गरेको ठगीमा संलग्न भएर उनीहरुले ३/४वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको जानकारी दिए।

उनले उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोलेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताए।

उनले पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताए।

उनले प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएसँगै अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको बताए।

उनले पक्राउ पर्नेहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेण्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP