Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावामा १५ प्रतिशत छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावाका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP