काठमाडौँ : स्वास्थ्य बीमामा आबद्ध नागरिकको उपचार गर्दा छुट्टै रकम लिएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पताल प्रालिबाट उपलब्ध भइरहेको स्वास्थ्य बीमा कार्यक्रममार्फतको सेवा स्थगन गरेको छ।
स्वास्थ्य बीमामा आबद्ध विरामीको उपचार गर्दा उनीहरूसँग छुट्टै रकम असुल गरेको लगायतका उजुरी परेपछि बोर्डले गरेको छानबिनमा बदमासी गरेको भेटिएपछि बोर्डले ३२ जेठ राति १२ बजे देखि लागू हुने गरी तीन महिनाका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार, हेलो सरकारबाट प्राप्त गुनासो, व्यक्तिगत रूपमा प्राप्त गुनासो र सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट समेत पत्र प्राप्त भएपछि बोर्डले समिति बनाई छानबिन गरेको थियो।
सो क्रममा अस्पतालले शंकास्पद विवरण पेश गरी भुक्तानी लिएको देखिएकाले स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ (ख) बमोजिमको कसुर हुने कार्य गरेको पाइएकाले ३२ जेठ देखि लागू हुने गरी तीन महिनाका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डले सो अस्पतालमा ३२ जेठसम्म उपचार गराइरहेका बीमितको उपचार खर्च शोधभर्ना गरिदिने स्पष्ट पारेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया