Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अबको तीन महिना डेंगु तीव्र बढ्छ

 

काठमाडौँ : अबको तीन महिना डेंगु संक्रमण तीव्र रूपमा फैलने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपालमा यो वर्षको मनसुन सक्रिय भइसकेको छ। जब वर्षा हुन थाल्छ तब डेंगुको संक्रमण पनि उच्च हुने भन्दै सतर्क रहनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले बताएका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले मनसुन सक्रिय रहेको समयमा डेंगु संक्रमण पनि उच्च हुने बताए। उनले यो वर्ष अलि ढिलो मनसुन शुरु भएको र अब डेंगु लागमखुट्टे पनि सक्रिय रहने बताएका हुन्।

डा. दाहालले भने‚ ‘यो वर्ष मनसुन अलि ढिला शुरु भएको छ। गत वर्षको २३ औँ हप्तादेखि डेंगु संक्रमण तीव्र रूपमा रिपोट भएको थियो तर यो वर्ष ढिला मनसुन शुरु भएको कारण २६ औँ हप्तामा संक्रमण बिस्तारै बढ्न थालेको छ। अबको तीन महिना डेंगुका बिरामी बढ्छन्, यो तीन महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ। त्यसैले व्यक्तिदेखि हरेक स्थानीय तहलाई हामी सतर्कता अपनाउन आग्रह गर्छौँ।’

नेपालमा २०२४ को जनवरीदेखि हालसम्म ७३ जिल्लामा १ हजार ४३२ जनामा डेंगु पुष्टि भएको छ। यो वर्ष डेंगु संक्रमणबाट कसैको मृत्यु भने भएको छैन। दाहालका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएका छन्। त्यसपछि कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेशमा संक्रमित पुष्टि भएको छ।

डेंगु फैलाउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्ने पर्छ र छिटो फैलिन्छ। लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगुबाट जोगिनु रहेको भन्दै आफ्नो कार्यालय तथा घर वरपर पानी जम्न नदिन र र लामखुट्टेको टोकाइबाट बच्न दाहालले सबैलाई आग्रह गरे।

देशभर डेंगुका विरामीकाे संख्या १ हजार ४३२ पुगेको छ। योसँगै यस वर्ष हालसम्म ७३ जिल्लामा डेंगु फैलिइसकेको छ। यो अवधिमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा विरामी देखिएका छन्।

काठमाडौँ जिल्लामा १५९ जना डेंगुका विरामी रहेका छन्। काठमाडौँपछि झापामा डेंगुका १२० जना विरामी रहेको पुष्टि भएको छ। चितवनमा ८३ जना, मकवानपुरमा ६५ जना संक्रमित भएको तथ्यांक छ।

यीबाहेक अरू जिल्लामा विरामीको संख्या ५० भन्दा थोरै छ। हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको ईडीसीडीले जनाएको छ।

प्रदेशतर्फ भने पनि बाग्मतीमा ४८२ जना र कोशीमा ३५० जना विरामी रहेका छन्। डेंगु संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

संक्रमणको जोखिम तीव्र बढेको समयमा सकभर आफ्नो घरवरपर पानी जम्न नदिन र हप्तामा एकपटक अनिवार्य रूपमा आफ्नो घर तथा अफिसवरपर सरफाइ गर्नैपर्ने महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। ‘यो मौसममा डेंगुले हामीलाई एकदमै सताउँदै आएको छ। यसका लागि हामी सबै मिलेर लाग्नुपर्छ हरेक व्यक्तिले पहिला आफू सतर्कता अपनाउने र हरेक हप्ता एकपटक आफ्नो घरवरपर सरसफाइ मात्रै गर्न सकियो भने पनि संक्रमणबाट धेरै जोगिन सकिन्छ’‚ डा. घिमिरेले भने।

यसबाट बच्न झुल लगाएर सुत्ने, साँझबिहान लामा बाहुले कपडा लगाएर बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु रोकथाम गर्न सकिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP