Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

स्पेनलाई स्तब्ध बनाउँदै ब्राजिल फाइनलमा, प्रतिद्वन्द्वी अमेरिका

एजेन्सी

काठमाडौं : विश्व च्याम्पियन स्पेनलाई पराजित गर्दै ब्राजिल जारी पेरिस ओलम्पिकको महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। ब्राजिलले स्वर्ण पदकका लागि अमेरिकासँग खेल्ने भएको छ।

गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ। ब्राजिलको जितका लागि खेलको छैठौं मिनेटमा इरेन परेडेसले गोल गर्दै अग्रता दिलाइन पहिलो हाफको एक्ट्रा टाइममा गाबी पोर्टिल्लोले गोल गर्दै अग्रतालाई दोब्बर बनाइन्।

 

पहिलो हाफमा २-० ले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफको ७१औँ मिनेटमा अग्रतालाई फराकिलो बनाइन्। खेलको ८५औँ मिनेटमा सलमा पारल्युलोले गोल गर्दै स्पेनलाई ३-१ को अवस्थामा पुर्‍याइन्। तर, ब्राजिलले क्यारोलले गोल गर्दै खेलमा आफ्नो विजयी सुनिश्चित गरिन्। थपिएको १२औँ मिनेटमा स्पेनकी सलमाले अर्को गोल गरे पनि जितका लागि पर्याप्त भएन।

गएराति नै भएको पहिलो सेमिफाइनलमा त्यस्तै अमेरिकाले जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। सन् २०१६ को रियो ओलम्पिकको च्याम्पियन जर्मनीलाई हराउन खेलको ९५औँ मिनेटमा अमेरिकी २३ वर्षीया फरवार्ड एस स्मिथले निर्णायक गोल गरिन्।

 

अमेरिका सन् २०१२ मा फाइनलमा प्रवेश गरेको थियो। १२ वर्ष पछि अमेरिकाले महिला फुटबलमा स्वर्ण पदकका लागि खेल्न लागेको हो।

 

अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ। त्यस्तै काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन्। यो खेल अगस्त ९ मा हुने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP