Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

व्यवसायीले बढाए अण्डाको मूल्य

चितवन : माग बढेसँगै व्यवसायीले अण्डाको मूल्य बढाएका छन्।

चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको बताए। हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० रुपैयाँले बढाएको जानकारी दिए।

व्यवसायीले एक्सल अण्डा प्रतिक्रेट (३० वटा) को ५०५ रुपैयाँ तय गरेका छन्। ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्नसक्ने भनेपछि फार्महरूले आफैँ मूल्य निर्धारण गरेका हुन्।

नेपाल लेयर्स कुखुरा पालक संघ चितवनका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए। झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले दाबी गरे।

व्यवसायीले केही महिनाअघि अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा कायम गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP