Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पूर्वमन्त्री तामाङको पुस्तक ‘राज्यको रुपान्तरण’ विमोचन

काठमाडौं : पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ पुस्तक ‘राज्यको रुपान्तरण’ विमोचन गरिएको छ। ​

तामाङद्वारा लेखिएको पुस्तक शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विमोचन गरेका हुन्।

ताम्सालिङ नलेज सेन्टरले प्रकाशन गरेको पुस्तकमा तामाङले आफ्नो राजनीतिक जीवनका विभिन्न कालखण्ड मूख्यतः शान्ति प्रक्रिया र संविधान निर्माणको दौरानमा लेखिएका विविध लेख रचनाको संकलन समावेश गरिएको छ।

यस्तै राष्ट्रियताका मुद्दा र ताम्सालिङसँग सम्बन्धित विषयमा केन्द्रित भइ छलफल एवं मन्थन गरिएका विचारहरु पुस्तकमा समेटिएका छन्। २०३८ सालदेखि राजनीतिक यात्रा शुरु गर्नु भएका तामाङ २०५२ सालमा माओवादी जनयुद्धमा सामेल हुने क्रममा भारतमा पक्राउ परी जेल जीवन बताएका थिए।

विस्तृत शान्ति सम्झौतापछि जेल मुक्त भएर नेपाल फर्किएका तामाङ २०६२/०६३ को परिवर्तनपछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य भइ २०६८ मा युवा तथा खेलकुद मन्त्री बनेका थिए।

हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य उनी नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य हुन्। यसअघि उनले प्रचण्ड नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP