Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एबिबिएसतर्फ २१ सय ४० सिट बाँडफाँड : दुर्गा प्रसाईंको बिएण्डसीले पायो ५५ सिट

 

काठमाडौं : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा कार्यक्रमको स्नातक तह ( एबिबिएस) लगायतका विषयको लागि सिट बाँडफाँड गरेको छ।

एमबिबिएसतर्फ आयोगले २ हजार १४० सिट बाँडफाँड गरेको छ। जसअनुसार यसपटक पहिलो पटक झापाको बिर्तामोडमा रहेको दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजले पनि ५० सिट पाएको छ।

यस्तै, पहिलोपटक एबिबिएसतर्फ अध्यापनको लागि सिट पाउने प्रतिष्ठानहरुमा आयोगले पहिलोपटक एमबिबिएसतर्फ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन।यीनिहरुलाई ५०/५० सिट निर्धारण गरिएको छ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि एबिबिएस तर्फ ६५ सिट दिइएको छ। त्यस्तै, महाराजगंज मेडिकल क्याम्पस, युनिभर्सल मेडिकल कलेज, नोबेल मेडिकल कलेज, नेपालगंज मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १००/१०० सिट पाएका छन्।

यसैगरी, देवदह मेडिकल कलेजले ७५ सिट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जानकी मेडिकल कलेजले ५०/५० सिट एमबीबीएस अध्यापन गराउने अनुमति पाएका छन्।

आयोगले यसपटक बाँडफाँड गरेको २ हजार १४० सिट गत शैक्षिक सत्रको तुलनामा २ सय १५ सिट बढी हो। एबिबिएस अध्यापन गराउने नयाँ मेडिकल कलेज र प्रतिष्ठानहरु आएसFगै एबिबिएस तर्फको अध्यापन सिट संख्या बढेको हो। तर, सरकारी र निजी शैक्षिक संस्थाहरुले एमबिबिएसका लागि २ हजार ६२० सिट माग गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP