Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ खेल्ने भएको छ।

नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो।

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म हुँदैछ। आगामी सन् २०२५ मा चीनकै डालियन शहरमा फिसु फुटबल विश्वकप हुने तय छ। नेपालले यसै विश्वकप छनोट खेल्ने लागेको हो।

विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आईतवार थापागाउँमा आयोजित कार्यक्रममा नेपाली टोलीको बिदाइ गरिएको थियो। वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद परिषद्का बागमती प्रदेशका सदस्यसचिव दीपक लामा र विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्राध्यापक डा. ज्ञानेन्द्र पौडेलले नेपाली टोलीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै बिदाइ गरे।

सो अवसरमा राखेपका पूर्वकोषाध्यक्ष शैलेष कर्माचार्य, विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोरा, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको उपस्थित थिए। बिदाइ कार्यक्रममा मन्त्री महर्जनले १८ देखि २८ वर्ष उमेरका खेलाडीले नै अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्ने भए पनि यो उमेरमा युवा विश्वविद्यालयमै उच्च शिक्षामा व्यस्त हुने भएकाले विश्वविद्यालय खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने बताए।

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव दीपक लामाले शैद्धान्तिक रूपमा खेललाई पाठ्यक्रममा नै समावेश गरेर अगाडि बढाउनसके खेलकुद विकास सम्भव रहेको बताए।

यो छनोट प्रतियोगितामा एशियाका १६ राष्ट्रले प्रतिष्पर्धा गर्दैछन्। १६ खेलाडी र तीन अफिसियल गरी कुल १९ सदस्यीय नेपाली टोली आइतबार नै चीन प्रस्थान गर्दैछन्। सन्तोष दहालको कप्तानीमा रहेको नेपाली टोलीमा चक्रराज बिडारी, नविन न्यौपाने, दीपेश खड्का क्षेत्री, आशिष थपलिया, हितेश पाण्डे, रूपेन्द्र फुयाल, सरोज उप्रेती, दिगम खड्का, रोशन खड्का, रामकृष्ण खत्री, सरोज गिरी, सारंश भट्टराई, सञ्जोग पोखरेल, मनिष पौडेल र सञ्जु तामाङ छन्।

नेपाली टोलीको प्रशिक्षकमा अरबिन कोइराला छन्। हेड अफ डेलिगेसनमा अशोक श्रेष्ठ र टिम म्यानेजर एकेन्द्र मल्ल पनि टोलीसँगै चीन जाँदै छन्। त्रिभुवन विश्वद्यालय (टियु) ले आयोजनामा भएको बिबिए कपमा च्याम्पियन र उपविजेता टिमका खेलाडीबाट नेपाली टोली निर्माण भएको विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्ण बोहोराले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP