Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

किशोर-किशोरीको मानसिक स्वास्थ्य सुधारको रणनीति बनाउन अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ : किशोर-किशोरीहरुको मानसिक स्वास्थ्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा अक्टोबर एक र दुईमा सम्मेलन हुन लागेको हो। किशोर-किशोरीहरूको मानसिक स्वास्थ्य सुधारका लागि सरकारी नीति निर्माणमा टेवा पुग्ने गरी काठमाडौँमा उक्त सम्मेलन गर्न लागिएको हो।

सम्मेलन संयोजनक तथा वरिष्ठ बाल मानसिक रोग विशेषज्ञ डा. अरुण कुँवरले सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० भन्दाबढी विज्ञहरू सहभागी हुने आज काठमाडौँमा पत्रकार सम्मेलनमा जानकारी दिए।

नेपालमा यो सम्मेलन तेस्रो पटक आयोजना हुन लागेको हो। यसअघि ईडीसीडीकै आयोजनामा सन् २०१८ मा पहिलो र २०२२ मा दोस्रोपटक सम्मेलन भएको थियो।

युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकोले त्यसलाई नियन्त्रणका लागि सघाउन सम्मेलनको आयोजना गर्न लागिएको डा. कुवँले बताए। सम्मेलनमा विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूबीच ज्ञान आदानप्रदान र उत्कृष्ट अभ्यासहरू साझा हुने छ।

बालबालिका तथा किशोरकिशोरीको बढ्दो मानसिक स्वास्थ्य समस्यालाई कस्ता खालका रणनीतिहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल हुने जनाइएको छ।

डा. कुवँरले पछिल्ला दिनहरूमा नेपालमा धेरै डिजिटल उपकरणको प्रयोग गर्ने हुँदा बालबालिका तथा किशोर-किशोरीहरूमा डिजिटल अटिजमको समस्या बढ्दै गएको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP