Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिटी लिग कपको चौथो चरणमा प्रवेश

काठमाडौं : म्यानचेस्टर सिटी लिग कपको चौथो चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा सिटीले वाटफर्डलाई दुई–एक गोलले पराजित गरेको हो।

इत्तिहाद स्टेडियममा सिटीले खेल सुरु भएको पाँचौ मिनेटमा नै गोल गरेको थियो। ज्याक ग्रिलिसको क्रसमा जेरेमी डोकुले गोल गरेका हुन्। प्रिमियर लिगमा आर्सनलसँग दुई–दुई गोलको रोमाञ्चक बराबरी खेलेको ५० घन्टापछि सिटी लिग कपका लागि मैदान उत्रिएको थियो।

३८ औं मिनेटमा म्याथ्युज नुनेजले सिटीको अग्रता दोब्बर बनाए। नुनेज सिटीका लागि पहिलो गोल गरे। उनले सिनियर टिमबाट ३४ औं खेलमा गोलको खुसी मनाएका हुन्। दोस्रो हाफमा सिटीले गोल थप्ने अवसर गुमाउँदा वाटर्फडको दबाब पनि सामना गर्यो।

८६ औं मिनेटमा टम इन्चले गोल गर्दै वाटर्फडलाई पुनरागमनको प्रयास गराएका थिए। तर आठ पटकको च्याम्पियन सिटीले पेनाल्टी सुटआउट टार्दै निर्धारित समयमा नै नतिजा आफ्नो पक्षमा पार्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP