Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ

 

 

कैलालीमा डेढ लाख लाख नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ को तेघरी र गौरीगंगा नगरपालिका–१ को गोप्काबाट डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बुधबार साँझ गौरीगंगा नगरपालिका–१ को न्यू साउँद होटलको दोश्रो तला र गोदावरी नगरपालिका–२ को तेघरीस्थित सामुदायिक वनमा जुवातास खेलिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए ।

 

 

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ३४ वर्षीय टेकबहादुर बुढा, ४० वर्षीय पदम बहादुर चन्द, ३६ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीय चक्र भुल, ४१ वर्षीय टंक साउद, ५४ वर्षीय बड्डो भुल, ४२ वर्षीय बल बहादुर भुल रहेको डीएसपी बोहोराले बताए ।

 

यस्तै, गोदावरी नगरपालिका–२ तेघरी बस्ने ४१ वर्षीय जगुराम चौधरी, २२ वर्षीय आदर्श पाल, ४० वर्षीय मुकेश अर्याल, अर्घाखाँचीको छत्रदेव गाउँपालिका– २ बलकोट बस्ने ४० वर्षीय दिलिप केसीलाई पनि पक्राउ गरिएको उनले बताए ।

उनीहरुको साथबाट एक लाख ४८ हजार नगद बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP