Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

काठमाडौं महानगरले सुरु गर्‍याे निःशुल्क भिडियो एक्स-रे सेवा

 

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ। महानगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो।

महानगरपालिकाका अनुसार प्रारम्भमा वडा १२, २६ र ३० बाट सेवा दिइनेछ। आइतबार र सोमबार वडा १२, १९ र १४ का सेवाग्राहीका लागि वडा १२ मा, मंगलबार र बुधबार वडा १६, २६ र २७ का सेवाग्राहीका लागि वडा २७ मा र बिहीवार र शुक्रबार वडा १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स-रे मेसिन राखिएको छ। सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ। महानगरपालिकाले वडा ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा १४ बल्खु, वडा १९ कंकेश्वरी, वडा २६ लैनचौर र वडा ३० ज्ञानेश्वर, वडा १६ बालाजु, वडा २७ महावौद्ध, वडा १२ टेकु र वडा ७ चावहिलको स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ। यीमध्ये ५ बिमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन्।

नसर्ने रोग पहिचान गर्न जाँच

महानगरपालिकाको स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ। मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी भएको हो।

स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रवर्द्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ।

विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ। जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले, ७१ प्रतिशत मृत्यु दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ। यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन्।

व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर – ओओपि) खर्च गरिरहेको छ। समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ।

जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा

स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको बिमा दर्ता गरिसक्ने योजना बनाएको छ। त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ।

मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ। महानगरपालिकाभित्र अहिले १ लाख परिवार दर्ता भएका छन्। यसमा करिब ४ लाख व्यक्ति समेटिने छन्। बीमा कार्यक्रम सुरु भएका वडामा विरामीको चाप बढ्दै गएको छ।

महानगरपालिकाले २०८० पुसमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर गरेर भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP