Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले हराएको छ।

कर्णालीले दिएको एक सय ४२ रनको लक्ष्य जनकपुरले २ विकेट गुमाएर भेट्टाएको हो। लक्ष्य भेट्टाउने क्रममा कप्तान अनिल साहले अविजित ६२ रन बनाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो। कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे।

त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए। यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए। उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे। भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए। यस्तै हङकङका बाबर हायातले १२ रन बनाए।

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए।

यसअगाडि जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो। उद्घाटा खेलमा जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP