Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अस्पतालमा बिग्रिएका ३ सयभन्दा बढी स्वास्थ्य उपकरण बनायो आविष्कार केन्द्रले

 

काठमाडौँ : ठूला सरकारी अस्पतालमा बिग्रिएर थन्किएका र प्रयोग नगरी राख्दा बिग्रिएका मेडिकल उपकरण बनाउन जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले हालसम्म ३४० वटा उपकरण बनाइसकेको छ।

वीर, गंगालाल हृदयरोग उपचार केन्द्र लगायतका ठूला सरकारी अस्पतालमा बिग्रिएर थन्काइएका ४ सय उपकरणमध्ये हालसम्म ३४० वटा मर्मत गरी सञ्चालनमा आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग राष्ट्रिय आविष्कार केन्द्रले देशभरका १७ वटा संघीय अस्पतालमा बिग्रिएर थन्किएका उपकरण बनाउन सम्झौता गरेको थियो।

सोही सम्झौतानुरूप आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीको नेतृत्वमा २० इन्जिनियरले विभिन्न अस्पतालमा काम गरिरहेका छन् ।

उक्त सम्झौता भएको चार महिनाका बिचमा केन्द्रले ३ सयभन्दा बढी उपकरण मर्मत गरेको हो।

विशेषगरी भेन्टिलेटर, एक्सरे, सीटी स्क्यान, म्यामोग्राफी, डायलसिस मेसिन, सिरिन्ज/इन्फ्युजन पम्प कन्ट्रास्ट इन्जेक्टर‚ डिफिब्रिलेटर मेसिन, रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, तापमान नियन्त्रक, पेसेन्ट मनिटर, ईसीजी मेसिन, आईसीयू/सीसीयूमा प्रयोग हुने मझौला खालका उपकरण मर्मत गरिरहेको छ।

छिट्टै कान्ति बाल अस्पतालमा पनि बिग्रिएका उपकरण मर्मत गर्ने आविष्कार केन्द्रले बताएको छ। त्यसका लागि हाल कान्तिमा उपकरणसम्बन्धी डेटा राख्न सफ्टवेयर तयारी गरिरहेको छ।

केन्द्रका प्रमुख महावीर पुनका अनुसार अहिले वीर अस्पतालमा उपकरण बनाउने काम धमाधम भइरहेको छ। केही उपकरण त मर्मत गरेर अस्पतालले प्रयोगमा ल्याइसकेको छ।

हाल आविष्कार केन्द्रले अस्पतालहरूमा बिग्रिएका उपकरण बनाउन केन्द्रका तर्फबाट बायोमेडिकल इन्जिनियरसहित २० जनाको टोली खटिएको छ।

अर्को महत्त्वपुर्ण कुरा के छ भने केन्द्रले हाल मर्मत गरिरहेको उपकरणलाई मर्मतका लागि आवश्यक पर्ने सामग्रीमध्ये करिब ३० प्रतिशत जति उपकरण स्थानीय बजारमै पाइने सामान्य पार्टपुर्जाहरु फेरेर मर्मत भएका छन् र करिब २० प्रतिशत जति उपकरण मात्र विदेशबाट पार्टपुर्जा मगाएर मर्मत गरिरहेको केन्द्रका प्रमुख पुनको भनाइ छ। ‘अहिले राष्ट्रिय आविष्कार केन्द्रमा २० जना बायोमेडिकल इन्जिनियरहरूले सो काम गरिरहेका छन्।

‘अहिलेसम्मको हामीले गरेको कामअनुसार अस्पतालमा बिग्रेका करिब ५० प्रतिशत जति उपकरण कुनै खर्च नगरीकन मर्मत भएका छन्। करिब ३० प्रतिशत जति उपकरण स्थानीय बजारमै पाइने सामान्य पार्टपुर्जा फेरेर मर्मत भएका छन् र करिब २० प्रतिशत जति उपकरण मात्र विदेशबाट नै पार्टपुर्जा मगाएर मर्मत गर्नुपर्ने भएको छ र सोको लागि हामीले काम गरिरहेका छौँ”‚ पुनको भनाइ छ।

यता मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अहिले केन्द्रले ठ्ला अस्पतालहरूमा बिग्रिएका उपकरण मर्मत गरिरहेको र यही बेला बिग्रिएका मध्ये कति उपकरण मर्मत भएर कति मर्मत गरेर पनि प्रयोग गर्न नमिल्ने खालका रहेछन् भन्ने छुट्याउने काम पनि केन्द्रले नै गरेको बताए।

‘बिग्रिएकै उपकरण मर्मत गरेर प्रयोग गर्न सकिन्छ कि भनेर हामीले यो निर्णय गरेका थियौँ सोहीअनुरूप केन्द्रले पनि उपकरण बनाइरहेको छ’‚ उनले भने।

केन्द्रले हाल नारायणी अस्पताल वीरगन्ज, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रका उपकरण समेत मर्मत गरिरहेको छ।

यसैगरी खरिद गरिएका कम्पनीसँग वारेन्टी र ग्यारेन्टीको समय ननाघ्दै बिग्रिएका उपकरण कम्पनीले नै मर्मत गर्ने तर ग्यारेन्टी सकिएका उपकरण मात्रै आविष्कार केन्द्रले मर्मत गरेको हो। यस बीचमा बिग्रिएका मध्ये कति उपकरण मर्मत भएर कति मर्मत गरेर पनि प्रयोग गर्न नमिल्ने खालका उपकरण कति रहेछन् भन्ने छुट्याउने काम हामीले केन्द्रलाई नै जिम्मा लगाएका छौँ। यसले भविष्यमा हामीलाई कति उपकरण खरिद गर्न आवश्यक रहेछ भन्ने कुरा पनि थाहा हुन्छ’‚ डा. बुढाथोकीले भने।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरका ठूला १७ वटा संघीय अस्पतालमा करिब ३ हजारको हाराहारीमा सामान्यदेखि ठूला खालका स्वास्थ्य उपकरण बिग्रिएको अनुमान छ। तर देशका विभिन्न अस्पतालले मन्त्रालयसँग स्वास्थ्य उपकरण माग गर्न थालेपछि देशभरका ठूला अस्पतालमा के कस्ता उपकरण छन् र तिनी कति बिग्रेका छन् भनेर केही महिनाअघि मात्रै स्वास्थ्यसेवा विभागको व्यवस्थापन महाशाखाले एशियाली विकास बैंकको सहयोग तथा लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा सर्वेक्षण गरेको थियो।

जसमा देशभरका ठूला स्वास्थ्य संस्थाका २ हजार ६४५ वटा मेडिकल उपकरण खरिद गरेर थन्किएका मात्रै होइन‚ भएका मेसिन पनि बिग्रिएर चल्दै नचलेको पाइएको देखिएको थियो। यस्तै उक्त अध्ययनले​ अक्सिजन कन्सेन्ट्रेटर ९७७ वटा, सिरिन्ज पम्प ३७४ वटा, इन्फ्यूजन पम्प २८५ वटा, मनिटर मल्टी प्यारामिटर २६८ वटा, बिआइपिएपी १९९ वटा, एचएफएलसी ८६ वटा, स्टेरिलाइजिङ युनिट यूवी ८२ वटा, सिपिएपी मेसिन ७५ वटा, अन्य ३४९ गरी विभिन्न प्रकारका २ हजार ६४५ वटा मेसिन रहेका थिए। यीमध्ये अधिकांश उपकरण एकपटक पनि प्रयोग नगरी बिग्रिएर थन्किएका पाइएको थियो।

आविष्कार केन्द्रले एक महिनाअघि देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर/थन्किएर बसेका उपकरणहरू बनाउने सम्झौता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP