Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नर्भिक अस्पतालमा नेपालमै पहिलो पटक पेटको सुन्निएको रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार

काठमाडौं : नर्भिक इन्टरनेशनल अस्पतालमा कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको नेपालमै पहिलोपटक इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) गाइडेड ‘क्वाइल एम्बोलाइजेशन’ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो।

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्तनली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ। यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ। समयमै उपचार नगरिएमा यी रक्तनलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ। नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सकहरुको भनाइ छ।

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधिजडित पातलो ट्यूबमार्फत् सुन्निएका रक्तनलीमा साना धातुका क्वाइल राखिन्छ। यी क्वाइलहरूले रक्त प्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन्।

‘क्वाइल एम्बोलाइजेशन’ को नेतृत्व गर्नु भएका डा. पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, डा. कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि भएको बताए।

यो सफलताले अत्याधुनिक स्वास्थ्य सेवामा नर्भिक अस्पतालको नेतृत्वदायी भूमिकालाई अझ प्रस्ट बताएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP