Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दमका बिरामी मोहन वैद्यलाई आइसियुमा सारियो, अवस्था सुधारात्मक

 

काठमाडौं : अस्वस्थ भएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्यलाई आइसियुमा सारिएको छ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या झेल्दै आएका नेता वैद्यलाई श्वासप्रश्वासमा समस्या भएपछि दुई हप्ता अघिदेखि अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो। तर यही बीचमा स्वास्थ्य झन समस्या बढेपछि आइसियुमा राखेर उपचार थालिएको उनकै एकजना पारिवारिक सदस्यले बताए।

स्वास्थ्य थप बिग्रिएपछि शनिबार बिहान सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसियुमा सारिएको हो।

यसअघि उनलाई अस्पतालको एनेक्स टू क्याविनमा राखिएको थियो। ती पारिवारिक सदस्यले भने, ‘दमसम्बन्धी दीर्घ स्वास्थ्य समस्या पहिलेदेखि नै थियो, चिसो बढेसँगै यो समस्या झन् बढेपछि दुई हप्तादेखि अस्पताल भर्ना गरिएको थियो, बिचमा स्वास्थ्य अवस्था झन बिग्रिएको थियो तर अहिले अलि सुधार भए पनि चिकित्सकले आइसियुमा राखेर उपचार गर्नुपर्छ भनेर आइसियुमा राखेर उपचार भइरहेको छ तर स्वास्थ्य अवस्था भने सुधारोन्मुख छ।’

उपचारमा संलग्न चिकित्सकलाई उल्लेख गर्दै परिवारका ती सदस्यका अनुसार उनलाई हाल छातीमा संक्रमण र दमको समस्या छ। नेता वैद्य पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याबाट ग्रसित छन्। अघिल्ला वर्षहरुमा पनि उनको समस्या बल्झिँदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP