Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

ट्वाइलेटको सफाइ र फार्मेसीमा औषधि राख्नुपर्ने कान्तिका कर्मचारीको माग

काठमाडौँ : कान्ति बाल अस्पतालका कर्मचारीहरूको समूहले अस्पताल व्यवस्थापन सुधार र कर्मचारी प्रोत्साहनका लागि भन्दै अस्पताल निर्देशकसमक्ष ६ बुँदे माग गरेको छ।

गत २ माघमा बसेको कर्मचारीहरूको बृहत् भेलाले गरेको निर्णयअनुसार ७ माघका दिन निर्देशक समक्ष माग पेश भएको हो।

कर्मचारीहरूको मागमा अस्पतालमा दुई सिफ्ट ओपिडी सञ्चालन गर्नुपर्ने, ५० प्रतिशत भत्ता कर्मचारीलाई उपलब्ध गराउनुपर्ने, सार्वजनिक बिदामा काम गर्ने सम्पूर्ण कर्मचारीलाई एक महिना तलब भत्ता स्वरुप उपलब्ध गराउनुपर्ने लगायतका छन्।

यस्तै नर्सिङ क्याम्पसको आम्दानी र खर्च विवरण पारदर्शी हुनुपर्ने, अस्पतालको वित्तीय अनुशासन कायम गर्न आवश्यक खर्च र चुहावट नियन्त्रण गर्नुपर्ने समेत उल्लेख छ।

यस्तै कर्मचारीहरूले अस्पतालको सुधार गर्नुपर्ने क्षेत्रमा ट्वाइलेट बाथरुमको सरसफाइ, फार्मेसीमा प्रेस्किप्सन भएका औषधि हुनुपर्ने, सिटी एमआरआई सेवा पूर्ण रूपमा सञ्चालन हुनुपर्ने, इसीजी सेवा, बढी आम्दानी हुने रेडियोलोजी सेवा, ल्याब, सर्जरी डेन्टल सेवा स्तरोन्नति गरी बाहिर परीक्षणका लागि जाने अवस्थालाई रोक्नुपर्ने भनिएको छ।

मागपत्र निर्देशकलाई सम्बोधन गरी पठाए पनि बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत दिइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP