Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली महिलालाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री पौडेल

 

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन सरकारले शुरुवात गरेको बताएका छन्।

मंगलवार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए।

उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन शुरुवात गरिएको दावी गरे। उनले अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गर्ने बताए।

उनले नेपालका धेरै महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट भएको भन्दै भविष्यमा नेपाली महिलाले त्यो अवस्था भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गरे।

उनले प्रत्येक दिन ६ जना महिला मृत्यु हुनेमा अहिले पनि ४ जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क रहेको उल्लेख गरे। उनले वर्तमान अवस्था न्यूनीकरण गर्न प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गरे।

उनले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनै पनि असर नगर्ने बताए।

‘यो खोपले मानिसलाई कुनै असर गर्दैन‚ परीक्षणबाट सफल भएको खोप हो। विमारीलाई उपचार गर्ने दायित्व राज्यको हो। त्यसैले विमारी हुन दिनको लागि खोपको व्यवस्था गरिएको हो‚’ उनले भने, ‘आमाहरु,दिदीबहिनी र साथीहरु धेरैलाई पाठेघरको मुखको क्यान्सर भएर मृत्यु भयो। कतिपयले अहिले पनि समस्या भोगिरहनु भएको छ। भविष्यमा महिलाहरुले त्यस्तो अवस्था भोग्नु नपरोस भनेर खोप शुरु गरिएको हो।’

उनले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको दावी गरे। उनले कक्षा ६ देखि १० सम्मका सबै छात्राहरुलाई खोप लगाउन सबैले सहयोग आवश्यक रहेको बताए।

उनले विभिन्न कारणले विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई खोप उपलब्ध गराउनुपर्ने बताए। उनले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताए।

उनले १० देखि १४ वर्ष उमेर समूहको संख्या करिब १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गरे। सरकारले १७ लाखभन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख उनले गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP