Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ

 

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ परेका हुन्।
गत माघ २९ गते मध्यान्ह आर्थरको बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी भएको थियो। घटनामा खोजी गर्दा उनीहरूले आगो लगाएको थाहा भएपछि उनीहरूलाई सोही दिन अपराह्न पक्राउ गरिएको हो। दुवै जना अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय पर्वतमा पठाइएको छ।

डिभिजन वन कार्यालय पर्वतका सूचना अधिकारी तथा वन डढेलो सम्बन्धी फोकल पर्सन रामबहादुर बि।क।ले वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजाय सम्बन्धी व्यवस्था अनुसार उनीहरूमाथि कारबाही हुने बताए। उक्त दफामा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ।

कसुर ठहर भएमा सोही ऐनको दफा- ५० मा डढेलोले जति क्षति भएको छ त्यसको मूल्याङ्कन गरी बिगो समेत असुल उपर गरी तीन वर्ष कैद, ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बिकले बताए।

पर्वतमा पोहोर साल ७० वटा आगलागीका घटना भएका थिए भने करिब दुई हजार हेक्टर क्षेत्रफलको वन प्रभावित भएको थियो। धेरै स्थानमा आगलागीका घट्ना भएकाले यस वर्ष सरोकारवाला निकायले आगलागी हुन नदिनका लागि कडाइ गरिरहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षाकर्मीहरूलाई डढेलो नियन्त्रणका लागि मात्रै नभई डढेलो लगाउनेहरूलाई पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने बताए।

जिल्लाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारीहरू खटाएर गाउँ गाउँमा निगरानीको काम भइरहेको बताए। अघिल्लो वर्ष जिल्लाका धेरै स्थानमा डढेलो लागेको र नियन्त्रणमा निकै समस्या भएकोले यस वर्ष दोषीहरूलाई पत्ता लगाउने गरी सुरक्षाकर्मीसँग समन्वय भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP