Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

फान्स क्रोएसिया पराजित, अन्तिम समयमा हारबाट जोगियो स्पेन

काठमाडौं : युएफा नेसन्स लिगमा क्रोएसियाले फ्रान्सलाई २–० ले हराएको छ।

क्रोएसियाको पोलिजुड रंगशालामा भएको खेलमा फ्रान्सले बलमा आफ्नो नियन्त्रण बनाएको भएपनि क्रोएसिया विजयी भएको हो। खेलको १४औं मिनेटमा बक्स भित्रबाट केलियन एम्बाप्पेले गेरेको प्रहार गोलकिपर डोमिनिक लिभाकोविचले बचाएका थिए।

२२औं मिनेटमा उनको देस्रो प्रहार गोलकिपरले पोस्ट बाहिर पठाइदिएका थिए। यता, २६औं मिनेटमा नै एन्टे बडिमिरले गोल गरेर क्रोएसियालाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा शक्तिशाली प्रहारमार्फत् इभानले आफैं अर्को गोल थपे। यससँगै पहिलो हाफमा फ्रान्स २–० गोलले पछि परेको थियो। केलियन एम्बाप्पेको टोलीले १६ पटक विपक्षीको पोस्टतर्फ अक्रमणको प्रयास गरेको भए पनि फ्रान्स गोलमा असफल नै रहृयो।

गएराति नै भएको अर्को खेलमा भने इटाली घरेलु मैदानमा जर्मनीसँग २–१ ले पराजित भएको छ। सान सिरो रंगशालामा इटालीका सान्ड्रो टोनिलले अग्रता बनाएपनि सो अग्रता जोगाउन नसक्दा घरेलू समर्थकमाँझ इटाली पराजित भयो।

पहिलो हाफमा एक गोलले पछि परेको जर्मनकीको लागि ४९औं मिनेटमा टिम क्लेइनसिडेन्टले बराबरी गोल फर्काएका थिए। त्यसैगरी खेलको ७६औं मिनेटमा लियोन गोरेट्जाले जर्मनीलाई कमब्याक गराएका थिए।

यसैगरी गएरातिकै खेलमा नेदरल्यान्ड्सले स्पेनसँग २–२ को बराबरी खेलेको छ। ​ नेदरल्यान्ड्समा आयोजना भएको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगको खेलमा दुबै टिमले बराबरी खेलेका हुन्। कि–कुप रंगशालामा स्पेनका निको विलियम्सले पाहुँना टोलीलाई खेलको नवौं मिनेटमा नै अग्रता दिलाएका थिए। उनले पेड्रीको पासमा गोल गरेका हुन्।

त्यसैगरी खेलको २८औं मनेटमा नै कोडी गाक्पोले गोल गरेसँगै खेल १(१ गोलको बराबरीको अस्थामा पुगेको थियो। उनको गोल जस्टिन कुलइभर्टको गोलमा सम्भव भएको हो।

यससँगै पहिलो हाफको खेल बराबरीमा सकिएको थियो। दास्रो हाफमा बलियो रणनीतिसाथ मैदान फर्किएको घरेलु टोलीको लागि मिडफिल्डर टियानी रेन्डर्सले पहिलो मिनेटमै गोल गरे।

खेलको ८५औं मिनेटमा निको विलियम्सको अर्को शक्तिशाली प्रहार गोलकिपरले बचाएका थिए भने भर्जिल भान डाइकको अटेम्प्ट पनि गोलकिपरले नै गोलमा परिणत हुन दिएनन्।

तर एक गोलले पछि परेको स्पेनले भने स्टपेज समयमा बराबरी गोल फर्कायो। माइकल मेरिनोले गोल गर्दै खेललाई २–२ को बराबरी ल्याए।

यता, रास्मस होलुन्डले गोल गरेपछि डेनमार्कले बलियो प्रतिद्वन्दी पोर्चुगललाई हराएको छ। पहिलो लेगको खेलमा बल पोसेसनमा पछि परेको भए पनि दोस्रो हाफमा एक गोल गरेर डेनमार्कले जित दर्ता गरेको हो।

अब पोर्चुगलमा हुने दोस्रो लेगको खेलबाटै सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP