Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जलवायु परिवर्तनको असर : हिन्दकुश–हिमालयमा हिउँ घट्दै

 

एशियाको हिन्दकुश–हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको छ, जसका कारण करिब दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर सङ्कट उत्पन्न हुने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन्।

अफगानिस्तानदेखि म्यान्मासम्म फैलिएको यो हिमाली क्षेत्र आर्कटिक र अन्टार्कटिक क्षेत्रहरूबाहेककै सबैभन्दा धेरै हिउँ र बरफ हुने स्थान हो। यही हिउँ पग्लेर आउने पानीले दक्षिण एशियाका धेरै देशमा झन्डै दुई अर्ब जनताको जीवन धान्ने पानी आपूर्ति हुँदै आएको छ।

हिउँ जम्ने समय घट्यो

अन्तरसरकारी संस्था ‘एकीकृत पर्वतीय विकास केन्द्र’ (आईसीिमोड) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, हिन्दकुश–हिमालय क्षेत्रमा हिउँ जम्ने समय सामान्यभन्दा २३.६ प्रतिशतले घटेको छ। यो पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हो।

यो अवस्था लगातार तेस्रो वर्ष देखिएकोले दीर्घकालीन असर पर्ने चेतावनी दिइएको छ।

खडेरीको जोखिम बढ्ने

प्रतिवेदनमा खोलानालामा पानीको बहाव कम हुने, भूमिगत पानीमा अत्यधिक निर्भरता बढ्ने र खडेरीको जोखिम उच्च हुने उल्लेख छ। प्रतिवेदन तयार पार्ने प्रमुख वैज्ञानिक शेर मुहम्मदका अनुसार, ‘यस वर्ष हिउँ पर्न ढिलो भयो र त्यति धेरै पनि परेन।’

खेतीपाती र जनजीवनमा असर

क्षेत्रका कयौँ देशले खडेरीको सम्भावनाबारे पहिले नै चेतावनी जारी गरिसकेका छन्। खेतीबाली उत्पादन, खानेपानीको पहुँच र गर्मी बढ्दै गएकोले जनजीवन थप कठिन हुने देखिएको छ।

नीति परिवर्तनको आग्रह

आईसीिमोडका प्रमुख पेमा ग्यात्सोले जलवायु परिवर्तनका कारण अब हिउँसम्बन्धी गडबडीहरू बारम्बार दोहोरिने निश्चित जस्तै भइसकेको बताए। त्यसैले दीर्घकालीन नीति निर्माण र तयारी आवश्यक भएको उनको भनाइ छ। आईसीिमोडले सदस्य राष्ट्रहरू — अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तानलाई सशक्त पानी व्यवस्थापन, खडेरीको तयारी, समयमै सूचना दिने प्रणाली र क्षेत्रीय सहकार्यमा जोड दिन आग्रह गरेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP