Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

शिवराज अस्पतालमा २ दिने नि:शुल्क मृटु तथा मृगौला जाँच शिविर सुरु  

कृष्णनगर, १९ बैशाख ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा दुई दिने नि:शुल्क मृटृ र मृगौला जाँच स्वास्थ्य जाँच शिविर सुरु भएको छ । आज (शुक्रबार) र भाेलि शिवराज अस्पताल बहादुरगञ्जमा स्वास्थ्य जाँच शिविर सुरु भएको फाेकल पर्शन डाक्टर दुर्गेश चाैधरीले जानकारी दिए ।

पुर्व सांसद अभिषेक प्रताप शाहले शुक्रबार मुटु तथा मृगौला जाँच शिविर सेवाकाे शुभाराम्भ गरेका हुन् । उनले आफ्नै गाउँघरमा शिविर सञ्चालन हुँदा ग्रामिणका नागरिक बढी लाभान्वित हुने बताए । जाँच भएपछि बिरामीलाई स्वास्थ्य उपचारमा सहज हुने भन्दै स्वास्थ्य अवस्था जाँच गराई गराउन सांसद शाहले अनुरोध समेत गरे । गरिब, विपन्न परिवारका व्यक्तिलाई याे स्वास्थ्य शिविरले बढी लाभ प्राप्त हुने उनको भनाइ छ ।

नगरपालिकाकाे आयाेजना र त्रिवि शिक्षिण अस्पताल लगायतकाे प्राविधिक सहयोगमा मृटु तथा मृगौला जाँच शिविर सुरु भएको नगर प्रमुुख रजत प्रताप शाहले जानकारी दिए । शिविर मार्फत नि:शुल्क मृटु तथा मृगौला राेग सम्बन्धी परामर्श सेवा, इसिजी, इकाे कार्डियाेग्राफी, औषधी वितरण र रगत परिक्षण लगायत सेवा उपलब्ध हुने नगर प्रमुख शाहले बताए । सेवा लिनका लागि बसकाे व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बिरामीलाई पूर्ण नि:शुल्क औषधीहरु उपलब्ध गराउने नगरपालिकाले व्यवस्था गरिएको बताए । नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको हुँदा समयमै शिविरमार्फत सेवा लिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा डाक्टर अनिल भट्टराई, उद्योग वाणिज्य संघ कृृष्णनगरका अध्यक्ष रितेश शर्मा, नगरका लेखा शाखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्रा, शिक्षा शाखा प्रमुख बलराम पन्थी, राजश्व शाखा प्रमुख इश्वरी पौडेल लगायतकाे उपस्थिति थियोे ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP