Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

२३ वर्षमा एक हजारभन्दा बढी विज्ञ उत्पादन गर्‍यो न्याम्सले

 

काठमाडौँ : सरकारी क्षेत्रबाट सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मंगलबार २३ औँ स्थापना दिवस बनाएको छ। न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले ​एमडीएमएस र डीएमएमसीएच साथै नर्सिङतर्फ विभिन्न विषयमा ३ हजार ६०० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको बताएका छन्।

न्याम्सका उपकुलपति बस्नेतले विभिन्न विधामा हालसम्म ३ हजारभन्दा बढी स्वास्थ्य क्षेत्रका विज्ञहरूको उत्पादन न्याम्सले गरिसकेको बताए।

उपकुलपति डा. बस्नेतका अनुसार हालसम्म न्याम्सले एमडीएमएस गरेका १ हजार ५०० बढी, डीएम एमसीएच गरेका १५०‚ नर्सिङ १ हजार ६०० जनालाई विज्ञ बनाइसकेको छ। हाल न्याम्स अन्तर्गका अस्पताल/प्रतिष्ठानहरूमा विभिन्न विधामा करिब १ हजार ५०० पढिरहेका छन्।

यस वर्षदेखि न्याम्सले थप ६ वटा अस्पतालसँग पठनपाठनका लागि नयाँ एमओयू गरेको छ जसले गर्दा हाल न्याम्ससँग २४ वटा अस्पतालले सम्बन्धन लिएर शैक्षिक कार्यक्रम चलाइरहेको छ। नेपालमा डीएम एमसीएचमा सबैभन्दा बढी विषयमा पढाइ न्याम्समै हुने गर्छ। हाल न्याम्सअन्तर्गत १० वटा विषयमा डीएम र ६ वटा विषयमा एमसीएच कार्यक्रम चलिरहेको छ।

गत वर्षसम्म न्याम्सले १०७ पीजी सिट पाएको थियो। यो वर्ष बढेर २४४ पुगेको छ। चिकित्सा शिक्षा आयोगले वार्षिक १२ सय जति एमडीएमएस पढाउँदै आएको छ‚ जसमा ५ सय जति सरकारी छात्रवृत्तिमा पढ्छन्‚ तीमध्ये सबैभन्दा धेरै ( वार्षिक ४ सय) जति छात्रवृत्ति कोटामा एमडीएमएस पढ्नेहरू न्याम्सअन्तर्गत नै अध्ययन गर्दै आएका छन्।

यसले गर्दा न्याम्सलाई गरिबहरूले अध्ययन गर्ने ठूलो सरकारी चिकित्सा क्षेत्रको शैक्षिक संस्था भनेर पनि बुझिन्छ।

विस २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको छ।

न्याम्सले वीर सहित मुलुकका ठूला अस्पताललाई समेत साथमा लिएर एमडी/एमएसका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसमा बालरोगका लागि कान्ति अस्पताल, स्त्रीरोगको परोपकार प्रसूति अस्पताल, मानसिकका लागि पाटन अस्पताल, सिभिल अस्पताल, मुटुरोगका लागि गंगालाल सहित उपत्यका बाहिरका विभिन्न अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

त्यसैगरी आँखारोगका स्नातकोत्तर कार्यक्रम त्रिपुरेश्वर आँखा अस्पताल, तिलगंगा, भैरहवाको रणअम्बिका र भरतपुरमा समेत कार्यक्रम सञ्चालनमा रहेका छन्।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP