Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शनिबार गजलमय बन्दै पोखरा

 

काठमाडौं : १७ जेठ शनिबार प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दै छ। पोखराकै स्रष्टा देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्ने छन्।

गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझासँग ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ घोषणा गरेका श्रेष्ठले पोखरामा हुने यो प्रत्यक्ष गायन यही अभियानको एउटा पाटो रहेको बताए। ‘हामी यो अभियानलाई देशभर लैजाने तयारीमा छौँ। यसकै निरन्तरता हो यो कार्यक्रम’, संगीतकार एवं गायनक श्रेष्ठले भने, ‘हामीले शास्त्रीय गजल गायन अभियानलाई सातै प्रदेशमा गर्दै छौँ, यो गण्डकी प्रदेशस्तरीय हुने छ।’

गजलकार देवेन्द्र के. सी. ‘देवु’ले आफू कविता, मुक्तक, गीत र गजलमा बढी पोखिन सक्ने भन्दै पछिल्लो समय गजलले आकर्षित गरेको र शास्त्रीय गजल गायनको अभियानमा संलग्न भएको बताए। उनले भने, ‘गजल भन्नु नै गेय विधा रहेछ। लेखिएका गजलहरू गायनमा ल्याउँदाको स्वाद र स्तर फरक हुने रहेछ। म आफू पनि एउटा अभियन्ता भएकाले आफ्नै नगरीमा गजल गायन गर्ने तयारी गरेको हुँ।’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गर्ने कार्यक्रममा पोखरा र आसपासका स्वनामधन्य स्रष्टा, संगीतकर्मी, पत्रकार, साहित्य÷संगीतप्रेमीको उपस्थिति हुने आयोजकले जनाएको छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP