काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ परेका छन्।
कैलाली, भजनी नगरपालिका-५ दुदुवाफाँटाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ रजवारा बस्ने २६ वर्षीय नरेश परियार समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
चितवन, रत्ननगर नगरपालिका-१४ पिठुवाबाट लागुऔषध गाँजा १ किलो १ सय ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ३३ वर्षीय राजेश गुरूङ र उनकै श्रीमती ३० वर्षीया रेखा गुरूङ रहेका छन्। अस्थायी प्रहरी पोष्ट पिठुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
रूपन्देही, मायादेवी गाउँपालिका-१ अहिरैलीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कहार र २६ वर्षीय गोबिन्द लोध रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
दैलेख, आठबीस नगरपालिका-३ शाहीखोलाबाट लागुऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७६ वर्षीय परे कार्की र उनकै श्रीमती ७० वर्षीया तुलसी कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय राकमबाट खटिएको प्रहरीले उनीहरूको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागुऔषध नाइट्राजेपाम ३५ ट्याब्लेट सहित उर्लावारी नगरपालिका-४ बस्ने २४ वर्षीय प्रसान भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित केराबारी गाउँपालिका-८ बस्ने २३ वर्षीय राज कुमार भुजेल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-२० बस्ने ३२ वर्षीय सुबास गुरूङ र २८ वर्षीय भिसन गुरूङ रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ भाईरल रोडबाट नियन्त्रित लागुऔषध रेक्सोजेसिक ३६ एम्पुल, फेनारगन ३७ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१८ बस्ने २३ वर्षीय रमेश दमाई र १९ वर्षीय दिपक दमाई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बाट लागुऔषध गाँजा करिब ५ ग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ७८ ट्याब्लेट सहित मनहरी गाउँपालिका-८ मनहरी बजार डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१४ घर भएका २८ वर्षीय सुशिल श्रेष्ठलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया