Trending
समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा खेल जय ट्रफीको निम्ति छनोट भए ६ टोली राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी flash अर्रा आधारभूत विद्यालयमा नवनिर्मित ३ कोठे भवन उद्घाटन खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

लघुकथा- फुटपाथ

 

‘सडकपेटीका खुद्रा पसलले गर्दा साँझबिहान पैदल यात्रुलाई हिँड्न सास्ती भयो। उनीहरूले गर्नेे फोहरका कारण प्रदूषण बढ्यो’ नगरपालिकाले सूचना निकाल्यो, ‘अबदेखि सडकपेटीमा पसल थाप्न पाइने छैन। हट्न एक हप्ताको समय दिनेछौँ। ’

छिमेकी महानगरमा व्यापारीलाई नगरप्रहरीले गरेको व्यवहार सम्झना भयो उनीहरूलाई। सूचना पालना गर्दै केही अर्को सातादेखि आएनन् ।

केहीले माननेन्। जीविकाको सवाल थियो। वर्षौदेखि बसिरहेको ठाउँ, गरिरहेको काम छाडेर अन्त कहाँ जाने?

सकेसम्म अटेर गर्ने मनस्थितिमा थिए। नगरप्रहरीको अगाडि के लाग्थ्यो। दुई दिनमै हटाइए।

उनीहरू बाटो लागेपछि नगरपालिकाले सिमेण्टका रंगीचंगी ‘ब्लक’ छापेर सडकपेटी चिटिक्क बनायो।

यो सडकपेटी अचेल हरेक दिन साँझपख चिल्ला र महँगा चारपाङ्ग्रे तथा दुइपाङ्ग्रे सवारीसाधनले भरिएको हुन्छ। सामुन्ने रहेका होटल, रेष्टुरेण्ट र बारमा आएका ग्राहकले ‘पार्किङ’ का लागि उपयुक्त ठाउँ पाएका छन्।  थाहा खबर 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP