Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युवक हत्याका अभियुक्त १४ वर्ष पछि पक्राउ

 

पाल्पा : माथागढी गाउँपालिका-१ चिदिपानीस्थित दमारका १८ वर्षीय रनवीर नेपालीको हत्याका अभियुक्त पक्राउ परेका छन्। सोही ठाउँका ५७ वर्षीय सन्तबहादुर सार्की पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।

२०६८ साल कात्तिक ११ गते राति साढे ११ बजे हत्या गरेर फरार भएको उनले बताए। उनीहरू बीच घरायसी विवाद भएको थियो। चक्कु प्रहार गरेर गम्भीर घाइते भएका रनवीरको उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको थियो।

आरोपित सार्कीलाई रूपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहियास्थित बसपार्कबाट आइतबार दिउँसो पक्राउ गरेको भट्टराईले बताए।

निरन्तरको निगरानीपछि पक्राउ गर्न सफल भएका छौं। उनी भारतको दिल्लीमा लुकिछिपी बस्दै आएका थिए। १४ वर्षपछि उनी नेपाल फर्किएको समयमा विशेष सुराकीको आधारमा पक्राउ गरिएको भट्टराईले बताए। कान्छी श्रीमती र छोराछोरी सहित सबै परिवार भारतको दिल्ली र हरियाणा लुकेर बस्दै आएको बुझिएको छ।

सार्की विरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP