Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

 

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।

उदयपुर, बेलका नगरपालिका-१ बाट लागुऔषध गाँजा करिब १२ किलोग्राम सहित सोही नगरपालिका-७ मैनामैनी बस्ने ३१ वर्षीय धन बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको को.१ ज ३६२८ नम्बरको भेनमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।

दैलेख, नारायण नगरपालिका-२ कुसाडा बस्ने २० वर्षीय कुशल कुमार थापालाई नियन्त्रित लागुऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय २० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने २९ वर्षीय सरोज आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-५ सिसौलीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय पाल्देन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट लागुऔषध जस्तो देखिने खैरो पदार्थ करिब २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जग मोहन सिंह बुढामगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह ११२७ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा ई-रिक्साको अगाडिको भागमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक बुढामगरलाई पक्राउ गरेको हो।

यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-२ बालापुर चोकबाट लागुऔषध जस्तो देखिने खैरो पदार्थ करिब २२ मिलिग्राम सहित बिजयनगर गाउँपालिका-६ बस्ने ३५ वर्षीय बिष्णु कडेल भन्ने हरी प्रसाद कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले हल्लानगरबाट बालापुर चोकतर्फ आउँदै गरेको लु.प्र. ०१-००१ ह ०७८९ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा चालक कडेललाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

सिराहा, लहान नगरपालिका-१ सिरमराहाबाट नियन्त्रित लागुऔषध डाईजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ३ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लहान नगरपालिका-१ बस्ने २३ वर्षीय प्रशान्त साह र २९ वर्षीय आगेश्वर आले रहेका छन्। इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-२ नहरमुखबाट नियन्त्रित लागुऔषध टापेन्टाडोल ७४ पिस सहित सोही महनरगापलिका-३ नदिपुर बस्ने ३० वर्षीय विपिन बागदासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

कैलाली, घोडाघोडी नगरपालिका-४ सिमथरीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय प्रदिप चौधरी, सोही नगरपालिका-९ रतीपुर बस्ने १ वर्षीय प्रेम चौधरी र भारत आसाम प्रदेश दामाजी जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि रहेका छन्। इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ३८ वर्षीय धन बहादुर भुजेललाई लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २० मिलिग्राम र नगद २५ हजार ४ सय ५० रूपैयाँ सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP