Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

 

 

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय १० मिलिग्राम, गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँसहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन्। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।

रूपन्देही, देबदह नगरपालिका-१० चरङेबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा देबदह नगरपालिका-१० भलुही बस्ने २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ-१ बस्ने २५ वर्षीय प्रभुराम ओझा रहेका छन्। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बारा, सिम्रौनगढ नगरपालिका-६ बाट लागुऔषध ट्रामाडोल १० हजार ३ सय ८० ट्याब्लेटसहित भारत पुर्वी चम्पारण बिहार जितना ग्राम पञ्चायत अगर्वा-६ कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले बिआर ०५ बि के ७०३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको छ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतराबाट नियन्त्रित लागुऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पास्मो ५ सय ४० ट्याब्लेटसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय राजु शर्मा र उनकै श्रीमती ३२ वर्षीया रिता शर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले राजुको गोठ तलासी गर्दा उक्त लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ मिलिग्रामसहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २४ वर्षीय कुमार राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सोबित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP