Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एमबीबीएस र बीडीएसमा अझै बढी सिटमा पढाउन सक्छौँ : निजी मेडिकल कलेज

 

 

काठमाडौँ : नेपालमा रहेका निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएसमा सिट बढाएकोप्रति स्वागत गर्दै अझै सिट बढाउन माग गरिएको छ।

निजी मेडिकल कलेज तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले एमबीबीएस र बीडीएसमा सिट बढाउने चिकित्सा शिक्षा आयोगको निर्णयलाई स्वागत गर्दै थप सिट बढाउन माग गरेको हो।

विराट मेडिकल कलेजमा सञ्चालक समेत रहेका एसोसिएसनमा अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विज्ञप्ति निकाल्दै अधिकांश सरकारी तथा निजी मेडिकल तथा डेन्टल कलेजहरुको भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण, दक्ष जनशक्ति तथा शैक्षिक वातावरणको पूर्ण उपयोग हुन एमबीबीएसमा न्यूनतम १५० सिट र बीडीएसमा न्यूनतम १०० सिट तोकिदा मात्र सम्भव हुने उल्लेख छ ।

‘अहिले पनि स्रोत साधनको पर्याप्त प्रयोग हुन नसक्ने र ठूलो मात्रामा पूर्वाधार खेर जाने परिस्थिति उत्पन्न भएको भनिएको छ। ‘त्यसैले एमबीबीएसतर्फ न्यूनतम १५० सिट र बीडीएस तर्फ न्यूनतम १०० सिट तोक्नु उपयुक्त मात्र नभई अनिवार्य भएको हामी विश्वास गर्दछौँ’‚ विज्ञप्तिमा भनिएको छ।

एसोसिएसनले नेपालमा रहेका मेडिकल कलेजहरूमा पर्याप्त मात्रामा पूर्वाधार हुँदा पनि सोही अनुसारको सिट संख्या नछुट्याइँदा धेरै विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिएको उल्लेख गरेको छ। उनीहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकून र अध्ययनका लागि राष्ट्रिय पुँजी देश बाहिर जाने अवस्था नबनोस् समेत भनेको छ ।

तर, उसले सिट बढेको अवस्थामा पुरा सिट नभरिए भारतीय विद्यार्थीहरुलाई पढाउन मिल्ने गरी नीतिगत व्यवस्था गरिदिन समेत आग्रह गरेको छ। ‘छिमेकी मुलुक भारतबाट हरेक वर्ष ८ लाख विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेश जाने गरेका छन्, नेपालमा उपलब्ध भौगोलिक अवस्था, हावापानी, शैक्षिक गुणस्तर, शैक्षिक प्रणाली, पूर्वाधार, सामाजिक संरचना तथा रोगव्याधिको स्वरूप भारतसँग अत्यन्त मिल्दोजुल्दो भएकाले उनीहरुलाई नेपालमा ल्याउन सकिने’‚ समेत विज्ञप्तिमा भनिएको छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा गत २९ साउनमा बसेको आयोगको २१ औँ बैठकले एमबीबीएसको अधिकतम १०० बाट बढाएर १३० सिट र बीडीएसको अधिकतम ५० बाट बढाएर ६० पुर्‍याउने निर्णय गरेको थियो।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP