Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गेटा पुगी अनशन बसे डा. केसी, लिपुलेक फिर्ता‚ युक्रेन र गाजा युद्ध रोक्न माग

 

काठमाडौँ : कैलालीको गेटा मेडिकल विश्वविद्यालय पुगेर डा. गोविन्द केसीले आफ्नो २३ औँ अनशन सुरु गरेका छन्। चारबुँदे माग अघि सार्दै उनले तीन दिनसम्म मात्रै रहने गरी अनशन सुरु गरेका हुन्।

गत साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको २१ औँ पूर्ण बैठकले नेपालमा ९ वटा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय गरेको थियो। त्यसैविरुद्ध उनले अनशन सुरु गरेका हुन्।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको आयोगको २१ औँ बैठकले एमबीबीएसको कोटा अधिकतम १०० बाट बढाएर १३० सिट र बीडीएसको अधिकतम ५० बाट बढाएर ६० पुर्‍याउने निर्णय गरेको थियो।

यस्तै शुल्क नबढाउन, सम्झौता भएअनुसारको इलाम, उदयपुर र डडेल्धुरा लगायतका क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न भनेका छन्।

यस्तै एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्न, ऐन अनुरूप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी बढाउने लगायतका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्न पनि भनेका छन्।

यसका साथै पछिल्लो समय निकै पेचिलो बनेको लिपुलेक भूभागको विषय समेत मागमा राखेका छन्। उनले लिपुलेकको अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यस कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेका छन्।

डा. केसीले आफ्नो चौथो नम्बर बुँदामा युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रूस र इजरायल समक्ष माग गरेका छन्।

हाडजोर्नी विशेषज्ञ समेत रहेका प्राडा केसीको २३ औँ अनशन हो। केही समयअघि दुर्घटनामा परेर अस्वस्थ रहेका प्राडा केसी एक हप्ताभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएर केही दिनअघि मात्रै डिस्चार्ज भएका हुन्।  थाहा खबर

  

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP