काठमाडौं : नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हिंसात्मक घटनाको अनुसन्धानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ।
प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएका घटनाका तस्बिर, भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराइदिन आग्रह गरेको हो।
‘आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ’, सूचनामा उल्लेख छ।
प्रहरीले त्यस्ता कुनै पनि प्रमाणहरू इमेल ठेगाना nepalpoliceinfo@gmail.com मा पठाइदिन आग्रह गरेको छ। साथै, सूचना तथा प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान र विवरण पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता पनि जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया